काठमाण्डौः सर्प यो नाम सुन्नेबित्तिकै हामी सबैको आङ जिरिङ्ग हुन्छ।
यो एक विषालु जीव हो। पृथ्वीमा पाइने अन्य जीवभन्दा यसको विष सबैभन्दा खतरनाक हुन्छ। बर्सेनि हजारौं मानिस यसको टोकाइबाट मरिरहेका छन्।
जानौं सर्पका बारेमा केही रोचक तथ्यः
– पृथ्वीमा लगभग ३ हजार सर्पका प्रजाति छन् । जसमध्ये ७५० विषालु पाइएका छन्। तीमध्ये पनि २५० प्रजातिले मात्रै मानिसलाई टोक्छन्। यिनीहरू मसाहारी जीवमा पर्छन्।
– सर्प देख्दा लाग्ने डर संसारभर व्याप्त छ। जसलाई ओफियोफोविया भनिन्छ।
– सर्पको काटिएको टाउकाले केही घन्टासम्म पनि टोक्न सक्छ।
– एउटा सर्पलाई खाना पचाउन ३ देखि ५ दिनसम्म लाग्न सक्छ।
– यिनीहरूको चपाउने दाँत हुँदैन। त्यसैले सर्पले आफ्नो भोजन सिंगै निल्छन्।
– एनाकोन्डा जातिको सर्पले मानिस, हरिण आदिलाई सहजै निल्न सक्छ।
– सर्पले आफ्नो टाउकोभन्दा ठूलो शिकार पनि निल्नसक्छ।
कालीनागको विषले एउटा विशाल हात्ती क्षणभरमै मर्नसक्छ
सर्पलाई खाना पचाउन ३ देखि ५ दिनसम्म लाग्न सक्छ
– सर्पले एक वर्षमा ३ पटकभन्दा बढी आफ्नो काँचुली फेर्छन्।
– सर्पले सुँघ्न जिब्रोको प्रयोग गर्छन्।
– ‘द फ्लावरपट स्नेक’ द्विलिंगी हुन्छन्। उनीहरूलाई प्रजननका लागि भाले सर्पको जरुरत पर्दैन।
– किङ कोब्रा, कालीनाग वा नाग देवता भनिने सर्प संसारको सबैभन्दा विषालु हो। यो नेपालमा पनि पाइन्छ। यसलाई सबैभन्दा बुद्धिमान सर्प भनिन्छ।
– संसारको सबैभन्दा छिटो घस्रन सक्ने सर्प ब्ल्याक माम्बा हो।
– सर्प केही नखाइ २ वर्षसम्म बाँच्न सक्छ।
– कालीनागको विषले एउटा विशाल हात्ती क्षणभरमै मर्नसक्छ।
– कुनै–कुनै प्रजातिका सर्पमा २ सयवटासम्म दाँत हुन्छन्। तर, यिनीहरूले ती दाँत खाना चपाउन प्रयोग गर्दैनन्।
– सर्पले खतरा महसुस गरेमा बान्ता पनि गर्छन्।
– सर्पको औसत आयु १५ देखि २० वर्षको हुन्छ। तर, एनाकोन्डा, पाइथन प्रजातिका सर्प भने ५० वर्षसम्म पनि बाँच्न सक्छन्।
– विश्वमा दुईवटा टाउको भएका सर्प पाइन्छन्। ती टाउका खानाको लागि झगडा पनि गर्छन्। (विभिन्न एजेन्सीको सहयोगमा)
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
आवाज बिहिनहरुको आवाज