जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

0Shares
Read More

राजधानीका हाइकिङ क्षेत्रमा लुटपाट मच्चाउने धनबहादुर स्याङ्तान पक्राउ

काठमाण्डौंः राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ । काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा…

0Shares
Read More

सिरहाबाट ब्राउनसुगर र गाँजासहित तीन युवक पक्राउ –

सिरहा : सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले सञ्चालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको हो। पसलबाट लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य…

0Shares
Read More
महोत्तरीमा क्रसर उद्योगको खाडलमा डुबेर बालकको मृत्यु

महोत्तरीमा क्रसर उद्योगको खाडलमा डुबेर बालकको मृत्यु

महोत्तरीको रातुखोलामा क्रसर उद्योगले बनाएको खाडलमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको छ। पौडी खेल्न गएका बालक घर नफर्किएपछि खोजतलास गर्दा मृत अवस्थामा भेटिएका हुन्। क्रसर उद्योगले मापदण्डविपरीत २० फिटमाथिका खाल्डा बनाएको क्षेत्रमा वर्षाको पानी जमेर पोखरी बनेको थियो। यसअघि पनि यस्तै खाडलमा एक १६ वर्षीय युवकको ज्यान गएको थियो।

0Shares
Read More
बैतडीमा हैजाको जोखिम : खानेपानीको नमूना सङ्कलन

कैलालीमा थप दुईजनामा हैजा पुष्टि

काठमाण्डौंः कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय…

0Shares
Read More
बैतडीमा हैजाको जोखिम : खानेपानीको नमूना सङ्कलन

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ: काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिनुभयो । बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन…

0Shares
Read More

माओवादी पदाधिकारी बैठकः जनपरिचालन र सङ्गठन निर्माणमा जोड

काठमाडौँः प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नेताहरु…

0Shares
Read More
पोखरामा सार्वजनिक यातायात ठप्प, राइड शेयरिङको विरोध

पोखरामा सार्वजनिक यातायात ठप्प , राइड शेयरिङको विरोध

पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात ठप्प भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा व्यवसायी र मजदुरले राइड शेयरिङको विरोधमा यो कदम चालेका हुन्।

0Shares
Read More
पर्सामा सवारी दुर्घटनामा हालसम ५१ जनाले ज्यान गुमाए

पर्सामा सवारी दुर्घटनामा हालसम ५१ जनाले ज्यान गुमाए

ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा हालसम ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए।

0Shares
Read More
जनकपुर–जयनगर रेल्वे लिकमा दुर्घटना: एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर–जयनगर रेल्वेमा दुर्घटना : एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर–जयनगर रेल्वेको लिकमा दुर्घटनामा एकजनाले दुवै खुट्टा गुमाएका छन्। श्रीराम दासलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

0Shares
Read More