सर्लाहीमा स्कुलबस दुर्घटना, चालकसहित पाँच विद्यार्थी घाइते
चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान एक विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थीसहित चालक घाइते भएका छन्। ईश्वरपुर नगरपालिकाको बयलवासमा अवस्थित माउन्ट कञ्चनजंघा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस दुर्घटना भएको हो । बस गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय…



