जारी आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै
काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपमा आज दुई महत्वपूर्ण खेल हुँदै छन्। समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड ट्रिनिडाडको ब्रायन लारा स्टेडियममा बिहान ६:१५ बजे भिड्दै छन्। वेस्ट इन्डिजले आफ्ना दुवै खेल जितेको छ भने न्यूजील्याण्डले पहिलो खेलमा हार बेहोरेको छ। समूह डीमा बंगलादेश र नेदरल्याण्डस सेन्ट भिन्सेन्टको अर्नोस भेल स्टेडियममा राति ८:१५ बजे खेल्दै छन्। दुवै टोलीले सुपर ८ मा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छन्।


