सर्लाहीमा रासायनिक मल कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिन्छ- जिल्ला प्रशासन –

लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारी अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्।

‘केही सहकारी र डिलरहरुबाट अनुदानको रासायनिक मलमा कृत्रिम अभाव सिर्जना गरी कृषकहरूबाट बढी मूल्य लिई कालोबजारी गरिरहेको भन्ने गुनासोप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य लिइ बिक्री वितरण गरेको पाइएमा त्यस्ता सहकारी र डिलरहरूलाई हदैसम्मको कारबाही गरिने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ।’

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *