admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा हरिशयनी एकादशी तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू भएको छ ।

Read More

रामेछाप वडाका सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा

रामेछाप । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । वडा कार्यालयले सो…

Read More

समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको…

Read More

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ…

Read More

तेस्रो अभ्यास खेलमा नेपाल २ रनले विजयी

काठमाण्डू, श्रीलंकामा हुने एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ । नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टीमलाई २ रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टीम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा…

Read More

वागमतीका मुख्यमन्त्री जम्कट्टेलले ६ गते विश्वासको मत लिने

हेटौंडा, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका हुन् । सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको वागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले…

Read More

गुल्मी मुसिकोटमा लघु जलविद्युतको नहर बाढीले बगायो, २५०० घरधुरीमा बिजुली बन्द

गुल्मी, अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ । मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको…

Read More

सेवा अवधि नपुग्दै बिदा हुँदैछन् प्रहरीका ३ एआईजी र ९ डीआईजी, भदौमा १० एसएसपी एकसाथ बिदा हुँदै

काठमाण्डू, नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर, उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको…

Read More

१५ दिनभित्र राजनीतिक दस्तावेज पेस गर्न समाजवादी मोर्चाले बनायो कार्यदल

काठमाण्डू, समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नि सापकोटा, महामन्त्री देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव…

Read More

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाण्डू, घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म…

Read More