यूएईमा मृत्युदण्ड सजाय पाएका दुई नेपालीले पाए सफाइ –
काठमाडौँ : यूएईमा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन्। पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन्। मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधबार यूएईको जेलबाट रिहा भएका हुन्। श्रेष्ठ बिहीबार…



