मार्टीनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले सिटीविरुद्ध हार टार्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेलेको छ।
  • एर्लिङ हालान्डले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
  • आर्सनल र सिटीको बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ ।

५ असोज, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा एर्लिङ हालान्डले नवौँ मिनेटमै गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । सिटी जितनजिक पुगेको अवस्थामा आर्सनलका लागि मार्टिनेलीले इन्जुरी टाइमको तेस्रो मिनेटमा बराबरी गोल फर्काए । ८०औं मिनेटमा मैदान प्रवेश गरेका मार्टिनेलीले एबेरेची एजेको पासमा गोल गरेका हुन् ।

बराबरीले सिटीले अंकतालिकामा शीर्ष पाँचमा पुग्ने अवसर गुमाएको छ । सिटी ५ खेलबाट ७ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।  बराबरीपछि भने आर्सनल ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

यस बराबरीले लिग लिडर लिभरपुललाई भने फाइदा पुगेको छ । ५ खेलपछि लिभरपुलले दोस्रो स्थानको टिमसँग ५ अंकको स्पष्ट अग्रता बनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *