लालबन्दी । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध चर्केको जेनजी आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ ।
आन्दोलन हिंसात्मक बन्न थालेपछि सरकारले दमन गर्दा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । यद्यपि दुवै जना मृतकको नाम खुल्न सकेको छैन् ।
एक जनाको सिभिल अस्पताल र अर्काको ट्रमा सेन्टरमा मृत्यु भएको बुझिएको छ । हालसम्म एक सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ ।
वीर अस्पतालको ट्रमा सेन्टरमा मात्र करिब ३० जना घाइतेहरूको उपचार भइरहेको छ, जहाँ धेरैको अवस्था गम्भीर रहेको बुझिएको छ ।


