‘तिहार गीत’ ल्याउँदै लाउरे, भन्छन्- नेपाली र्‍यापलाई नेपाली म्युजिकसँग मिश्रण गर्दैछु

News Summary

Generated by OK AI. Editorially reviewed.

  • हिपहप कलाकार आशिष राना ‘लाउरे’ निर्णायक रहेको ‘हिमालय रोडिज’ सातौं सिजन १६ भदौदेखि प्रसारण हुनेछ।
  • लाउरेले तिहारमा नयाँ गीत ल्याउने जानकारी इन्स्टाग्राममार्फत दिएका छन्।
  • सन् २०१८ मा डिप्लो र विपुल क्षेत्रीसँग सहकार्य गरेका लाउरेले सन् २०२४ मा ‘रोड साइड रोमियो’ गीत पनि ल्याएका थिए।

काठमाडौं । हिपहप कलाकार आशिष राना ‘लाउरे’का प्रशंसकलाई नयाँ खबर छ । उनी निर्णायक रहेको टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण १६ भदौदेखि प्रसारण हुनेछ ।

यसबाहेक, उनले तिहारमा नयाँ गीत ल्याउँदैछन् । यसको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् ।

‘काम हुँदैछ । नेपाली र्‍यापलाई आफ्नै नेपाली म्युजिकसँग मिश्रण गर्ने कोसिस गर्दै । मेरो अर्को गीत ‘तिहार गीत’को छोटो क्लिप स्टुडियोबाट’ उनले लेखेका छन् ।

उनको यो घोषणालाई लिएर फ्यान उत्साहित छन् । ‘केही पाक्दैछ’ भन्दै केही सामाजिक संजाल प्रयोगकर्ताले उनको उक्त भिडियोमा कमेन्ट गरिरहेका छन् ।

सन् २०२४ मा लाउरेले ‘रोड साइड रोमियो’ गीत ल्याएका थिए । सन् २०१८ मा उनले डिप्लो र विपुल क्षेत्रीसँग ‘स्टे ओपन’ गीतमा सहकार्य गरेका थिए । यो सहकार्यले उनलाई नेपालबाहिर पनि चिनायो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *