बोलेरो जीप भोटेकोशीमा खस्दा सर्लाहीका चालकसहित दुईजना बेपत्ता

लालबन्दी : भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

अरनिको राजमार्गअन्तर्गत हिन्दीमा आज तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए।

दुर्घटनापछि चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एउटा शव भने उद्धारका क्रममा नदीले बगाएको थियो।

घटनास्थलमा प्रहरी टोलीले खोजीकार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *