पर्वतारोही पाण्डेले गरे इण्डोनेसियाली हिमालको आरोहण

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियाको काष्ट्रेन्ज पिरामिड हिमाल आरोहण गरेका छन्।
  • पाण्डेले सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राखेका छन्।
  • उनले आरोहण क्रममा जलवायु परिवर्तन विषयमा सरकारी निकाय र स्थानीयहरुसँग छलफल गरेको बताए।

२ भदौ, काठमाडौं ।  नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमालको आरोहण गरेका छन् ।  अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको हिमालको आरोहण गरेका हुन् ।

इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समय अनुसार बिहान ९०ः३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए ।

सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने लक्ष्य पछ्याई रहेका पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई अगष्ट ११ मा इण्डोनेसिया तर्फ लागेका थिए ।

सेभन समिटको विशेष अभियानमा उनको यो पाँचौं हिमाल आरोहण हो । सन् २०२२ देखि उनी यस अभियानमा लागिरहेका छन् ।

२०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका पाण्डेले यसअघि रुसमा रहेको युरोपको उच्च हिमाल माउण्ट एलब्रुस उक्लिन सफल भए भने २०२४ को नोभेम्बरमा तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरे ।

यसैवर्ष फेब्रुअरीमा दक्षिण अमेरिकी महादेशको उच्च हिमशिखर अकोन्कागुआको सफल आरोहण पनि पाण्डेले गरिसकेका छन् ।

हिमाल आरोहणमा जलवायु परिवर्तनको मुद्दा उठाउँदै आएका पाण्डेले यस अभियानमा पनि सम्बन्धित सरकारी निकायमा सो सम्बन्धमा छलफल गर्नुका साथै विभिन्न देशका आरोही र उक्त क्षेत्रका स्थानीयहरुसँग जलवायु परिवर्तनका विषयमा छलफल परामर्श गरेको उनले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *