काठमाडौं । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस रोयल ग्लोबल किङ्ग नेपाल २०२५’ सौन्दर्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
फिनालेबाट चारजना विजेता घोषित भएका छन्, जसमा अविवाहिततर्फ दिपा क्षेत्री मिस रोयल ग्लोबल किङ्ग नेपाल २०२५ बन्न सफल भएकि छिन बने मेरिता पोखरेल फर्स्ट रनरअप घोषित भएकि छिन। उता, विवाहिततर्फ सारिका बुढा मिसेस रोयल ग्लोबल किङ्ग नेपाल २०२५ को उपाधि जित्न सफल भए सगै सिर्जना राई फर्स्ट रनरअप बनेकि छिन।
आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रा.ली. का अध्यक्ष मोनु शाहका अनुसार दिपा र सारिका ले मलेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्नेछन् भने मेरिता र सिर्जना मुम्बईमा आयोजना हुने प्रतियोगितामा सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी महिलाहरूले यस कार्यक्रममार्फत आफ्नो आत्मबल र आत्मविश्वास उल्लेखनीय रूपमा वृद्धि भएको अनुभव सुनाए। प्रारम्भमा कम आत्मविश्वास देखिए पनि कार्यक्रमको अन्त्यमा उनीहरूमा आत्म-विश्वासको नयाँ स्तर देखिएको थियो।