बारबर्दियाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ

बारबर्दियाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ

बारबर्दिया, बर्दिया चैत २१ : बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधवार बेलुका बारबर्दिया नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याइएको हो। प्रमुख प्रशासकीय अधिकृत आचार्यमाथि कार्यालय समयमा मदिरा सेवन गरी नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नगर प्रमुख थारु सहितको टोलीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

मङ्गलवार कार्यालय समयमा अत्यधिक मदिरा सेवन गरेका आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख पाण्डेलाई कार्यकक्षमै गालीगलौज गर्दै हातपात गर्न खोजेको आरोप छ। घटनापछि इलाका प्रहरी कार्यालयले उनलाई तत्काल पक्राउ गरे पनि साँझ जिम्मा जमानतमा छाडिएको थियो। तर, नगरपालिकाले अभद्र व्यवहारको मुद्दा अघि बढाउन माग गरेपछि पुनः पक्राउ गरिएको हो। प्रहरीका अनुसार बुधवार कार्यालय समय नभएकाले मुद्दा दर्ता भने नगरिएको बताइएको छ।

यता, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने आफूलाई राजनीतिक चलखेलका कारण फसाइएको दाबी गरेका छन्। उनले पावर टेलर खरिदमा नगर प्रमुखले ५ लाख कमिसन नपाएपछि आफूलाई फसाउन प्रहरीलाई बोलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *