लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

सर्लाही : सर्लाहीको लालबन्दीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीमा लुकाइराखिएको ११० केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट परवानीपुरसहितको संयुक्त टोलीले गाँजा बरामद गरेको हो। रातो प्लास्टिकले बेरी प्लास्टिकको डोरीले बाँधेर लुकाइराखिएको अवस्थामा २२ वटा पोकाहरू फेला परेको प्रहरीको भनाइ छ।

हाल उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले लागुऔषध ओसारपसार तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *