यमनका हुथी समूहद्वारा अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमणको दाबी

यमनका हुथी समूहद्वारा अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमणको दाबी

काठमाडौं । यमनको हुथी समूहले उत्तरी लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाज यूएसएस ह्यारी एस ट्रुम्यान मा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।

साथै, इजरायलको तेल अभिभ शहरमा तीन वटा विस्फोटकयुक्त ड्रोन प्रहार गरिएको छ। विगत ४८ घण्टामा हुथी समूहले सैन्य कारबाही तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सेनाले अहिलेसम्म यस आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। तर, हुथी समूहले अमेरिकी जहाजलाई लक्षित गरी आक्रमण गरेको ठोकुवा गरेको छ।

यसैबीच, इजरायली सेनाले युद्धक विमानमार्फत यमनको हेज्याज पावर स्टेसन, होदेइदाह र रास इसाका बन्दरगाहहरूमा आक्रमण गरेको बताएको छ।

गत नोभेम्बर २०२३ देखि हुथी समूहले इजरायलमा रकेट र ड्रोन आक्रमण गर्दै आएको छ, जसले मध्यपूर्वमा तनाव बढाइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *