प्रेम र बिछोडको कथा बोकेको “पुर्णिमालाइ हटाएर”  गीत सार्वजनिक

२३ पुस, काठमाडौं : शाह स्टुडियो एण्ड कम्पनीको प्रस्तुतिमा “पुर्णिमालाइ हटाएर” बोलको गीत सार्वजनिक भएको छ। यो गीतको स्वरमा दिलिप लामालेसाथ दिएका छन् भने, हेमराज काफ्लेको शब्द र मनोज राज शिवाकोटिको संगीतले गीतलाई पूर्ण बनाएको छ। गीतको भिडियोमा मोनुसाह र दिपा कटुवालको प्रेम र बिछोडको कथाले दर्शकलाई गहिरो भावनामा डुबाउँछ।

“पुर्णिमालाइ हटाएर” म्युजिक भिडियोमा मोनु साह र दिपा कटुवालको अभिनय प्रस्तुत गरिएको छ, जहाँ प्रेम र बिछोडको कष्टकर यात्रादेखाइएको छ। मोनु साहले यस अघि ४० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् भने दिपा कटुवालको यो पहिलो म्युजिकभिडियो हो।

गीतको निर्देशन र कोरियोग्राफी व्यस्त सुबासले गरेका छन्। यस भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका छन् भने सम्पादन र कलरसंयोजन सुबास साहले गरेका छन्।

यस गीतको निर्माता शाह स्टुडियो एण्ड कम्पनी हो । उक्त भिडियो Dilip Lama Official  युटुबबाट सार्बजानिक भएको हो र यसगीतले नेपाली म्युजिक उद्योगमा नयाँ प्रभाव छोड्ने आशा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *