नेपाल राष्ट्र बैंकका विभागहरू थापाथलीमा स्थानान्तरण

नेपाल राष्ट्र बैंकका विभागहरू थापाथलीमा स्थानान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएका बैंकिङ विभागमुद्रा व्यवस्थापन विभाग पुस १ गतेदेखि थापाथलीस्थित नवनिर्मित भवनमा स्थानान्तरण गर्ने भएको छ।

२०७२ सालको महाभूकम्पले थापाथलीस्थित सिंह महल भवन ध्वस्त भएपछि यी विभागहरूलाई अस्थायी रूपमा बालुवाटारमा सारिएको थियो।

सिंह महलको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै राष्ट्र बैंकले दुवै विभागलाई अब थापाथलीबाट सेवा सुचारु गराउने निर्णय गरेको छ। नयाँ स्थानबाट सेवा सञ्चालनले बैंकिङ कार्यमा थप सहजता र कार्यक्षमता वृद्धि हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *