काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले दोस्रो शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाएको छ ।
पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको अहिलेसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।
चन्द्र पन्त निर्देशित फिल्मका लागि घरेलु बक्स अफिसमा यो राहतपूर्ण कमाइ हो । यो फिल्मले अहिलेपनि हलहरुमा सन्तोषजनक अकुपेन्सीसहित कमाइ गरिरहेको छ । ‘यो फिल्म चलेका फिल्मको सूचीमा समावेश भएको छ’ वितरक मनोज राठीले भने ।
प्रेमकथामा आधारित यो मल्टिस्टारर फिल्मलाई नेपालपछि अब विदेशमा रिलिजको तयारी छ । अहिलेसम्म फिल्मले लगानी सुरक्षित गरिसकेको निर्मात्री तथा अभिनेत्री ढुंगानाले फेसबुकमा उल्लेख गरेकी छन् ।