एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

चितवन: जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) क्षयरोगको समस्या देखिने गरेको यस वर्ष गरिएकोएचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी क्षयरोग देखिएको हो

एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जनासङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेकोएचआइभी सङ्क्रमितमा भिरिङ्गी क्षयरोगको समस्या बढ्दो क्रममा असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरुमा भिरिङ्गीरोगको सङ्क्रमणसमेत देखिएको हो सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन्

सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो उनीहरुलाई अहिलेनियमित औषधि सेवन गराइएको उहाँले जानकारी दिनुभयो क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको

क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उहाँले बताउनुभयो ।फाउन्डेसनको सहयोगमा भरतपुरअस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एकहजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन्

उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका २० जना तेस्रोलिङ्गी रहेका छन् सन् २०२४ मा जिल्लाकाविभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताउनुभयो उहाँले भन्नुभयो, “सन्२०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो

यस वर्ष जिल्लामा नयाँ भेटिएका बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन्

यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उहाँले बताउनुभयो बाह्र जना सङ्क्रमितले नियमित औषधिसेवन गर्न छाडेको सापकोटाले जानकारी दिनुभयो

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *