कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै :सभामुख देवराज घिमिरे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै :सभामुख देवराज घिमिरे

काठमाडौं: सभामुख देवराज घिमिरे ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सभामुख देवराज घिमिरेले बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरि बोलाएका हुन्।बैठकमा हिउँदे अधिवेसन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो।गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो।
संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो।

अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *