काठमाडौँ । नेकपा एमालेले आज शनिबार संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।


