सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

काठमाडौं। सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा सेवामा अवरोध भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

उजुरी प्राप्त भएपछि अख्तियारको टिमले छड्के अनुसन्धान गर्यो, जसमा विभिन्न मन्त्रालयका केही कर्मचारीले कार्यालय समयमा सरकारी स्रोत र साधन प्रयोग गरी सेयर कारोबार गरेको पाइएको छ।

अख्तियारका अनुसार, सिंहदरबारभित्र यसरी सेयर कारोबार गर्दा सार्वजनिक सेवामा असर परेको पाइएको छ। यो समस्यालाई सम्बोधन गर्न अख्तियारले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहित गर्न पत्र पठाएको छ। ‘सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइयो,’ अख्तियार स्रोतले भन्यो, ‘यसले सेवामा असर पारेको छ।’

सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

प्रधानमन्त्री कार्यालयले यसबारे अध्ययन गर्दै आईटी टिमसँग छलफल गरिरहेको छ। छलफलपछि सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहित गर्न निर्देशन दिने योजना बनाएको छ। ‘सरकारी स्रोतको परिचालन गरी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउनेबारे निर्णय छिट्टै हुनेछ,’ स्रोतले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *