राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराज  : राजविराजस्थित रुपनी मोडमा सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।

मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गर्ने गरेका छन्।

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए।

रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभई अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनले बताए। ‘उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन’, यादवले भने।

यही बाटो भएर राजविराज काठमाडौँलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन्। बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना-ठूला दुर्घटना हुने गरेका बताउँछन्। उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *