संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

NC-UML govt for political stability: DPM Singh

काठमाण्डौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

आज यहाँ किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने र यसमा सबैको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । “यो संविधान जनताबाट चुनिएका प्रतिनिधिले संविधानसभामार्फत तयार गरेका हौँ ।

हाल भएका व्यवस्थाको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता त छँदैछ । साथसाथै निश्चित विधि र प्रक्रिया पूरा गरेर समयको मागअनुसार संविधान संशोधन गर्न सक्ने प्रावधान पनि भएकाले सोअनुसार अगाडि बढ्नुपर्नेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले फुलबारी झै सजिएको समाजमा द्वन्द्व मेटिने र सबैको पहिचान भेटिने अवस्था बनाउन आआफ्नो तर्फबाट योगदान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।
Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *