सुदूरपश्चिम विश्वविद्यालयद्वारा ३२ क्याम्पसलाई सम्बन्धन प्रदान

काठमाण्डौः सुदूरपश्चिम विश्वविद्यालयले ३२ क्याम्पसलाई सम्बन्धन दिएको छ ।
विसं २०७४ देखि सम्बन्धनका लागि आवेदन दिएर प्रक्रियामा रहेका दुई सयभन्दा बढी क्याम्पसमध्ये मापदण्ड पुगेका ३२ क्याम्पसलाई सम्बन्धन दिइएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । ती क्याम्पसलाई बिबिए, एमबिए, सिभिल सिएसआइटीलगायतका कार्यक्रम पठनपाठनका लागि अनुमति दिएको उहाँले बताउनुभयो ।
सम्बन्धन पाउनेमा वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रालि वीरेन्द्रनगर, सुर्खेत, सिद्धपाइला टेक्निकल कलेज वीरेन्द्रनगर, भेरी कलेज अफ इञ्जिनियरिङ एण्ड मेनेजमेन्ट नेपालगञ्ज, बाँके, सगुन कलेज अफ मेनेजमेन्ट नेपालगञ्ज, टेक्निकल रिसर्च फर ट्रेनिङ इन्सिच्युट नेपालगञ्ज रहेका छन् । यसैगरी वेष्टर्न कलेज अफ विजनेश स्टडिज कोहलपुर, बाँके, गेरूवा बहुमुखी क्याम्पस बर्दिया, श्री ज्ञान ज्योति मेनेजमेन्ट कलेज तुलसीपुर, दाङ, वेष्टर्न एडभान्स कलेज अफ इञ्जिनियरिङ एण्ड मेनेजमेण्ट गैडाकोट, नवलपरासी, फोब्स कलेज भरतपुर, चितवन र गण्डकी एकेडेमी फाउण्डेशन प्रालि पोखरा, कास्कीले सम्बन्ध पाएका छन् ।
यस्तै गण्डकी कलेज अफ साइन्स, मेनेजमेण्ट एण्ड टेक्नोलोजी पोखरा, कास्की, एसियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेण्ट स्कुल अफ इञ्जिनियरिङ सातदोबाटो ललितपुर, आर्केन कलेज ललितपुर, दयानन्द कलेज, जाउलाखेल, लिलतपुर, काठमाडाँै वल्ड स्कुल अफ इञ्जिनियरिङ एण्ड मेनेजमेण्ट सूर्यविनायक, भक्तपुर, शिक्षालय कलेज शिवनगर, लोकन्थली, रिलायबल कलेज मिनभवन, काडमाडौँ, आदिम कलेज काठमाडाँै, हिमालय कलेज काठमाडाँै कोटेश्वर, महर्षि कलेज नयाँ बानेश्वर, एपेक्स मेनेजमेन्ट कलेज वीरगञ्ज, पर्सा, वीरगञ्ज डेसिमल पब्लिक कलेज वीरगञ्ज, मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी जनकपुरधाम, धनुषा, इन्सिटच्युट अफ विजनेश मेनेजमेन्ट कलेज लाहान, सिराहा, प्रणिता कलेज अफ मेनेजमेन्ट मिर्चैया, सिराहा, बर्दिवास नवक्षितिज कलेज बर्दिवास, महोत्तरी, क्याम्ब्रिज विजनेश स्कुल विरेन्द्रनगर, सुर्खेत, कि स्टोन मेनेजमेन्ट कलेज कोहलपुर, ज्ञानसुधा टेक्निकल कलेज रत्ननगर, चितवन, ड्रिम्स कलेज भरतपुर र राघवेन्द्र गौरव बहुमुखी क्याम्पस कृष्णनगर, कपिलवस्तुलाई सम्बन्धन दिइएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले विसं २०७४ देखि  सम्बन्धनका लागि प्रक्रिया सुरू गरेका क्याम्पसमध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिइएको बताउनुभयो । “सुदूरपश्चिममा रहेका १६ वटा आङ्गिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालय क्षेत्र विस्तार तथा विकासका लागि सम्बन्धन दिएका हौँ”, उपकुलपति पन्तले भन्नुभयो, “सम्बन्धित डिनहरूले दिएको अङ्कका आधारमा सबैभन्दा बढी पाउने क्याम्पसलाई सम्बन्धन दिएका छौँ ।” उहाँले निजी तथा सरकारी क्याम्पसलाई सम्बन्धन दिएको बताउनुभयो ।
विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयका सुदूरपश्चिममा मात्र १६ वटा आङ्गिक क्याम्पस छन् ।
तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *