काठमाण्डौः बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी हालसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।
विपदमा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्।
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
Chief Editor
Dipesh Ghimire
For relevant and accurent news follow us.



