Labor Exploitation in Siraha :सुखिपुरमा मजदुरहरूको आन्दोलन

Labor Exploitation in Siraha

सिरहाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरूमाथि श्रमशोषण ( Labor Exploitation in Siraha ) गरेको आरोप लागेको छ। मजदुरहरूले तीन महिना काम गरे पनि तोकिएको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

स्थानीय मजदुरहरूले दैनिक ६६७ रुपैयाँका दरले पारिश्रमिक दिने सम्झौताअनुसार काम गरे पनि खातामा न्यून रकम आएको गुनासो गरेका छन्। सुखिपुर ६ का मजदुर सैदि सदायले बताएअनुसार, आफूहरुलाई खातामा १० हजार ६ रुपैयाँ मात्रै आएको छ। तोकिएको पारिश्रमिक नपाएपछि मजदुरहरूले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर धर्नामा बसेका छन्।

नगरपालिका प्रमुख राम औतार यादव र अन्य उच्च अधिकारीहरू तालाबन्दीको समस्याबारे मौन छन्। प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुर र सरोकारबाला अधिकारी अन्जिरा साहको फोन सम्पर्कमा आएको छैन। सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरूको पारिश्रमिक विवादका कारण आफू घरमै बसेको बताए।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *