पेट्रोलियम पदार्थ अन्वेषण: कडा चट्टान भेटिएपछि ड्रिलिङ कार्यमा कठिनाइ

काठमाण्डौः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।
जमिनमुनि कडा चट्टान भेटिएपछि ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरू भाँचिन थालेकाले ड्रिलिङ कार्यमा कठिनाइ भएको हो । खानी तथा भू–गर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजन जिओलोजिस्ट सुरेश श्रेष्ठका अनुसार ड्रिलिङ गर्ने मेसिनका बिट कडा चट्टानका कारण भाँचिन थालेपछि ड्रिलिङको काममा कठिनाइ भएको छ । गत शनिबारसम्म १ हजार १ सय ४७ मिटर गहिरो ड्रिलिङ भइसकेको छ । ‘जति गहिरो ड्रिलिङ गरिन्छ, त्यति कडा चट्टान भेटिएका कारण ड्रिलिङका बिटहरू भाँचिने समस्याले ड्रिलिङ कार्यमा कठिनाइ भएको छ,’ जिओलोजिस्ट श्रेष्ठले भने ।
ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि चार दिनदेखि कामले गति लिन सकेको छैन । पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि पहिलो चरणमा ल्याइएका ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि अन्य बिटहरू चीनबाट मगाइएको र चीनबाट रसुवा नाकासम्म सो सामग्री आइपुगेको श्रेष्ठले जानकारी दिए ।
चार महिनादेखि ६ महिनामा ड्रिलिङ कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ड्रिलिङ कार्यले सोचेजति गति लिन सकेको छैन । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिहेका छन् । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको यस परियोजनाले दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा ३ वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्नेगरी चिनियाँ सरकारसँग २८ फेबु्रअरी २०१९ मा सम्झौता भएको थियो । सम्झौतानुसार काम हुन नसकेपछि पुनः समयावधि थपिएको थियो ।
सुरुवातमा ३ वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौतानुसार काम हुन परियोजनाका अधिकारी बताउँछन् । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिगहाउस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ‘ड्रिलिङ गरेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाइने र खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण गरेर काम अगाडि बढाइनेछ,’ सिनियर जिओलोजिस्ट श्रेष्ठले भने ।
पेट्रोलियम पदार्थ अन्वेषण गर्न लागि २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । कोभिड १९ कारण १ वर्ष पर धकेलिएको काम कोरोना महामारी नियन्त्रण भएपछि सुरु गरिएको हो । राजधानी
तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *