माओवादी केन्द्र पदाधिकारी बैठक सम्पन्न

माओवादी केन्द्र पदाधिकारी बैठक सम्पन्न

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पदाधिकारी बैठक मा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो कि पदाधिकारीमा रहनुभएका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ।

माओवादी केन्द्र पदाधिकारी बैठक मा अधिकांश नेताले पार्टीलाई वर्गीय धरातलमा फर्काउन, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै संगठन निर्माण र जनपरिचालनमा जोड दिनुपर्नेमा जोड दिएका छन्। नेताहरुले सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै माथिबाटै पहल गर्नुपर्ने बताए।

शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका छन्। नेताहरुले उठाएका प्रश्नहरुको जवाफ मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यक्रम छ। पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका सन्दर्भमा जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा नेताहरुले राखेका छन्। अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ।Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *