काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले चारवटा विषयमा मात्र सार्वजनिक समिति सक्रिय रहेको बताएका छन् । आज (मंगलबार) जडीबुटी प्रशोधन केन्द्रको अनुगमन गर्दै सभापति शर्माले यस्तो बताए हुन् ।
उनले जनताको नाममा सरकारले दिएको आश्वासन पुरा भएको छ या छैन भनेर पनि यही समितिले अनुगमन गर्ने बताए ।
उनले भने, ‘सरकारले बजेट वक्तव्यमा, समितिमा र सदनमा आश्वासन दिन्छ जनताको नाममा । तर दिएको आश्वासन कार्यान्वयनमा कति आयो आएन भनेर अनुगमन गर्छाैं । सरकारी आश्वासन अनुसार जडीबुटी प्रशोधन केन्द्रलाई अनुगमन गरेका हौं।’ साथै उनले जडीबुटी प्रशोधन केन्द्रलाई गहिरो ढंगले अनुसन्धान गरेर विश्लेषण गर्ने बताए ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सदस्य मदन कुमारी साहले जडीबुटी प्रशोधन केन्द्र नेपालको भण्डारण भएको बताएकी छन् । उनले राज्यका नीतिहरूले जडीबुटी प्रशोधन केन्द्रको प्रर्वद्धन गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘यो अनुगमन गरेर नीतिगत समस्याको बारेमा थाहा पायौं, यि समस्याहरूलाइ नीतिबाट नै हामीले हल गर्नुपर्छ ।’
यस्तै समितिकै अर्का सदस्य पदम परियारले विगत लामो समयदेखि चलेको कम्पनीमा थुप्रै समस्या रहेको बताएका छन् । अनुगमन गर्दै उनले कार्यविधि परिवर्तन गरेर कम्पनी सञ्चालन गर्दा करमा समस्या नहुने बताए ।