कर्मचारी सरुवासम्बन्धी मापदण्ड भदौदेखि कार्यान्वयन गरिने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले अनिवार्य रूपमा स्थानीय तह र प्रदेशमा जानुपर्ने गरी सरुवासम्बन्धी मापदण्ड तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सरुवासम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेकोे हो । मन्त्रालयले मस्यौदामा ऐन, नियमावली वा मापदण्डको अधिनमा रही सबै सेवा समूहको अन्तर निकाय सरुवा मन्त्रालयले गर्ने उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न कार्यालयमा दुई वर्ष वा सोभन्दा बढी समय बसेर काम गरेका कर्मचारीलाई अन्यत्र सरुवा गर्नेगरी मापदण्ड तर्जुमा भएको हो ।सरकारले मन्त्रालय वा कुनै पनि निकायमा खटाइएका कर्मचारीलाई सामान्यतया दुई वर्ष पूरा नभएसम्म सरुवा नगर्ने गरी मापदण्ड निर्माण गरेको छ ।

प्रत्येक वर्षको भदौमा मात्र कर्मचारीको सरुवा गर्ने, एक मन्त्रालय वा निकायमा सरुवा गर्दा मन्त्रालय वा निकाय अन्तर्गत मात्र सरुवा गरिने, राजपत्र अनङ्कित द्वितीय श्रेणी र श्रेणीविहीन कर्मचारीलाई रिक्त स्थानमा सरुवा गर्न बाधा नपुग्ने मन्त्रालयले निर्माण गरेको मापदण्डमा उल्लेख छ ।

सातवटै प्रदेशका प्रमुख सचिवको राय लिएर मन्त्रालयले स्वीकृत गरी आगामी आर्थिक वर्ष २०८१/८२ को भदौदेखि नै कार्यान्वयन गर्ने जनाइएको छ । कर्मचारीलाई कार्यमूलक बनाउने गरी मापदण्ड निर्माण गरिएकाले आगामी आर्थिक वर्षदेखि मापदण्ड पूर्णरूपमा कार्यान्वयनमा आउने संघीय मामिला मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *