रौतहटबाट ठूलो परिणाममा लागुऔषधसहित दुई भारतीय पक्राउ –

चन्द्रपुर :रौतहटको सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेका सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।

गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिटमुनि लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाइजिपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *