काठमाडौं – न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले टी_२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४ बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन्। पपुवा न्युगिनीविरुद्ध फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन्। यस अद्वितीय प्रदर्शनले उनलाई विश्वकप इतिहासमा एउटा छुट्टै स्थान दिएको छ।
लोकी फर्गुसनले टी_२० विश्वकपमा
आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्ये २१ बल डट राखेका थिए। फर्गुसन अघि त्यो नै विश्वकपमा सर्वाधिक डट बल थियो। टी-२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने लोकी फर्गुसन दोस्रो खेलाडी हुन्। जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ रन खर्चेर कुनै रन दिएका थिएनन्।
पपुवा न्युगिनीको निराशाजनक प्रदर्शन
समूह सी को अन्तिम खेलमा ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अल आउट भयो। ट्रेन्ट बोल्ट, टिम साउदी र ईश सोधीले २-२ विकेट लिए। न्युजिल्यान्ड सुरुवाती दुई खेल अफगानिस्तान र वेष्टइण्डिजसँगको हारले सुपर-८ मा भने पुग्न सकेन। लोकी फर्गुसन


