प्रतिनिधिसभा बैठकमा प्रतिपक्षको अवरोधबीच प्रधानमन्त्री दाहालको प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलको अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आज पनि अवरोध जारी राखेको छ।

कांग्रेसले सहकारीको रकम अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ। यसै कारण, आजको बैठकमा पनि कांग्रेसले सहकारी पीडितलाई न्याय माग्दै नाराबाजी गरिरहेको छ।

प्रतिपक्षको निरन्तर अवरोधको बाबजुद प्रधानमन्त्री दाहालले वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव अघि बढाउनुभएको छ, जसले प्रतिनिधिसभामा थप तनाव उत्पन्न गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *