प्रतिनिधिसभाको बैठक यही जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित

बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको हो । राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको बैठकमा कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेका थिए ।

सभामुख देवराज घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकोले धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्नका लागि आग्रह गरेपनि विपक्षी दल कांग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको नाराबाजी पछि सभामुख घिमिरे जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने बैठक स्थगित भएको घोषणा गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *