धनुषाबाट खैरो हिरोइनसहित बर्दिबासका २ जना पक्राउ

सर्लाही : धनुषामा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरू मिथिला नगरपालिका– ९ बडहरीस्थित पूर्वपश्चिम लोक मार्गबाट पक्राउ परेका हुन्। उनीहरू महोत्तरीको बर्दिबास नगरपालिका– २ का २३ वर्षीय दीपक महतो र सोही ठाउँका २८ वर्षीय सुभाष परियार छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरधामले इलाका प्रहरी कार्यालय ढल्केवर अस्थायी प्रहरी पोस्ट बडहरी धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले ढल्केबरबाट बर्दिबास तर्फ जाँदै गरेको सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ४।२ ग्राम खैरो हिरोइन लागु पदार्थ बरामद भएको हो।

धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार पक्राउ परेका आरोपितहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *