फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ।

यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको जनाएको छ ।

फोनपेले नबिल र सानिमा बैंक सँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरि कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हिरा सेट पाउनेछन् । साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टप-अप जित्नेछन्।

अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *