बागमतीमा निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन हुने

बागमतीमा निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन हुने

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाले निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन गर्ने भएको छ। पुस १६ गते सोमबार (भोलि) बागमती नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र रिप्पल नेपाल चितवनको प्राविधिक सहयोगमा निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन गर्ने तयारी भएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझाीले जाकनारी दिए ।
उनका अनुसार बागमती नगरपालिका भित्रका महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी रोगको परिक्षण गरी अप्रेशन गर्नु पर्ने बिरामीहरुको लागि निःशुल्क अप्रेशन सहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । पुस १६ गते सोमबार (भोलि) हुने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच,पिसाब चुहिने रोगको पहिचान र उपचार,आङ खस्ने(पाठेघर खस्ने)समस्याको प्रतिरोधात्मक उपचार,परामर्श र अप्रेशन,स्त्री रोग सम्बन्धी परिक्षण (पाठेघरको जाँच) र परामर्श,पाठेघरको मुखको परिक्षण र परामर्श,पाठेघरको मुखको क्यान्सरको पुर्व पहिचान, थरमो कुगुलेशन र फिस्टुलाको अप्रेशन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
बागमती नगरपालिका ५ सोल्टीबजार स्थित जनता नमुना मा.विको प्राङ्गणमा दिउँसो ४ बजे सम्म सञ्चालन हुने शिविरमा महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार समेत गरिने भएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन नगरबासी समक्ष अनुरोध समेत गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *