४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।

शितगङ्गा नगरपालिका वडा नम्बर ८ जलुकेमा उद्योग रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले बाँकी महशुल र जरिबाना समेत गरी ४७ करोड रुपैयाँ नतिरेपछि गएरातिदेखि विद्युत् लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो । डेडिकेटेड लाइनको विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको हो । अर्घाखाँचीको शितगङ्गा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको थियो । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *