चन्द्रगढी विमानस्थलमा जहाज अवतरण गर्नेबेला स्याल देखिएपछि…

काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखिएको छ । जसले गर्दा जहाज अवतरणमा केही ढिलाइ भएको थियो ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीका अनुसार काठमाडौंबाट उडेको बुद्ध एयरको एटीआर–७२ जहाज सोमबार साँझ ६:४८ बजे चन्द्रगढी पुगेको थियो । तर, जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखिएको थियो ।

त्यसपछि विमानस्थलले अवतरण रोकेर ‘मिस्ड अप्रोच’ गर्न अनुमति दिएको थियो । स्याल धपाएपछि ६:५८ बजे सामान्य प्रक्रियाबाटै जहाज अवतरण गराइएको खत्रीले बताए ।

“बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखियो । ‘मिस्ड अप्रोच’ भन्ने प्रक्रिया हुन्छ, हामीले मिस्ड अप्रोच गर्न लगायौँ । त्यतिबेलासम्म हामीले गाडीहरू पठाएर स्याललाई धपायौँ, त्यसपछि सामान्य प्रक्रियाबाटै जहाजले अवतरण गर्‍यो,” उनले  दर्पन आवाजसँग भने ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *