महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा
महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेपछि ७० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्याइएको छ। सबैको अवस्था सामान्य रहेको जनकपुरधाम प्रादेशिक अस्पतालले जनाएको छ।


