साङ्गीतिक चलचित्र ‘हिरुलाल स् द सोल अफ कर्णाली’ सार्वजनिक
कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ। बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ। उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ। सुदूरपश्चिमका सर्वसाधारण…


