काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासियो  (तस्बिरहरु)

काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासियो

काठमाडौं ।  काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कुमारीटोलको गेटअगाडि सोह्रखुट्टे–बालाजु सडक खण्डमा  बुधबार बिहान करिब ११ फिट गहिरो खाल्डो परेको हो।  

काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक मा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ । सोह्रखुट्टे क्षेत्रका नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताए । उनका अनुसार मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ ।

अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *