दुर्घटना
जलेश्वरका मेयरले पाए सफाइ, सम्हाले कार्यभार –
जलेश्वर : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन्। उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका छन्…
बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्यायो
बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्यायो
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो : अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको टिप्पणी गरेका छन् । आइतबार आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानव अधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे । उनले भने,‘सबै मानव अधिकार संरक्षण सम्बन्धी प्रवद्र्धनको लागि…
नेपाल आयरल्याण्ड दिवस २०२४ भव्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल आयरल्याण्ड दिवस २०२४ आयरल्याण्डको फिनिक्स पार्कमा ठूलो उत्साह र सफलताका साथ मनाइएको छ । डब्लिनको फार्मले सन् २०१३ देखि यो दिवश मनाउँदै आइरहेको छ।नेपाल र आयरल्यान्डबीचको बढ्दो मित्रतालाई उजागर गर्दै दुई देशबीचको सम्बन्धको उत्सव मनाउने गरी जुलाई ७ मा १२औँ वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमको शुरुवातमा गंगाराम कँडेलले कार्यक्रमको बारेमा जानकारी गराएका…
नुन पानीले नुहाउनुका फाइदाहरु
काठमाडौं । के तपाईंलाई थाहा छ नुन पानीले नुहाउनुका फाइदाहरु ? हामीहरु दिनहुँ नुहाउने गर्छौं।नुहाउँदा कोहीले तातो पानीको प्रयोग गर्छन् भने कोहीले चिसो पानीको।हामीहरु प्रायः गर्मीमा चिसो र जाडोमा तातो पानीले नुहाउँछौं। नुनबाट हामी सबै परिचित छौँ।नुन यस्तो चीज हो कि जुन खानामा धेरै वा थोरै भएमा खानाको स्वाद नै बिग्रने गर्छ। नुनले खानालाई स्वादिष्ट…
बाढी पहिरो पीडितलाई यथाशीघ्र राहतको व्यवस्था होस : जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपदमा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत…
युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले भने- सबैजना मेरो मार्गदर्शक हुनुभयो
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् । उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह…
सिमलताल पहिरोमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलताल बस दुर्घटनामा परेका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्। उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने : मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस्
काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् । आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह…
कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।कृष्णपुर नगरपालिका–७ कार्की कटानस्थित सडकमा ना.५ ख ३४९१ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्य भएको छ । सोही नगरपालिका–७ शान्तिपुर बस्ने ५२ वर्षीय मोहन खड्काको शनिबार राति घटनास्थलमै मृत्यु भएको हो ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



