
गोलभेँडाको मूल्य गिरावटले किसान मारमा, भारतीय तरकारीको असर प्रमुख कारण
बर्दीबासका किसानहरू गोलभेँडाको मूल्य गिरावटले चिन्तित छन्। भारतीय तरकारीको अतिक्रमण र निकासी प्रभावित हुँदा नेपाली उत्पादनले बजार पाउन नसकेको किसानहरूको गुनासो छ। उचित मूल्य नपाएपछि किसानहरू मारमा परेका छन्।