सर्लाहीको हर्दी खोलामा महिलाको शव फेला
पर्सा : सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । उनका अनुसार अन्दाजी ३० देखि ३५…


