बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता
रुकुम, रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए ।…
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर…
आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइँदै
काठमाण्डू, सौरमासअनुसार प्रत्येक वर्ष १ साउनमा मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ…
पेट्रोल र डिजेलको मूल्य बढ्यो –
लालबन्दी : नेपाल आयाल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठ्कले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा…
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदर गरेका छन् ।
मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।
अन्नपूर्ण गाउँपालिकाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत…
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने…
कांग्रेसको बर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी
काठमाडौं । नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गरेका हुन् ।सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्री राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् । उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन् । एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा…



