काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital
काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।
काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।
पशुपति क्षेत्रमाआयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि आएकी सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे ।
गत आर्थिक वर्षमा पर्सा जिल्लामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन्। आर्थिक सङ्कटको कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि पर्सामा साना तथा घरेलु उद्योग सञ्चालकहरूले उद्योग खारेजी गराउन थालेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहका अनुसार, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ।”
भारतको केरलामा बाढी र भूस्खलन मा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।
केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।
काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ।
बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
सर्च इञ्जिन अप्टिमाइजेशन (SEO) डिजिटल मार्केटिङको एक महत्वपूर्ण पाटो हो जसले वेबसाइट वा web पेजलाई सर्च इञ्जिन परिणामहरूमा उच्च स्थानमा देखाउन मद्दत गर्दछ। यो प्रक्रियाले वेबसाइटको दृश्यता बढाउने, ट्राफिक आकर्षित गर्ने, र अन्ततः व्यवसायिक सफलतामा सहयोग पुर्याउने उद्देश्य राख्दछ।
चितवनको त्रिशुली नदीमा पहिरोले बगाएर बेपत्ता भएका दुई बस र यात्रुको खोजी कार्यमा हराएको चुम्बक पुनः फेला परेको छ। ६५ जनामध्ये ३ जना मात्र बाँच्न सफल भए भने ३८ यात्रुको अवस्था अझै अज्ञात छ। भारतको एनडिआरएफ टोलीले पनि खोजी कार्यमा सहभागिता जनाएको थियो।
काठमाण्डौको डिल्लीबजारमा आयोजित ‘टेक एक्स २०२४’ प्रदर्शनीमा आईटी, एआई, र रोबोटिक्सका नवीनतम परियोजनाहरू प्रस्तुत गरिएको छ। विद्यार्थीहरूको निर्माणलाई अवलोकन गर्न सकिने यो प्रदर्शनी साउन २० गतेसम्म सञ्चालन हुनेछ।
प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन्।स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ । भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ । भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।