सङ्खुवासभामा बेपत्ता भएकी महिलाको शव फेला, थप अनुसन्धान जारी

सङ्खुवासभामा बेपत्ता भएकी महिलाको शव फेला, थप अनुसन्धान जारी

काठमाडौं, फागुन १७ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ। ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव आज बिहान ५ बजे घरभन्दा करिब ५ सय मिटर टाढा भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतका अनुसार शुक्रबार बेलुकी ८ बजे हराएकी पोख्रेलको शव स्थानीय आदर्श टोलमा भेटिएको हो। मृतकका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्। घटनाको थप अनुसन्धान जारी छ, भने शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।

यो दुःखद घटनाले स्थानिय बासिन्दा स्तब्ध भएका छन्। प्रहरी प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन गहिरो अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *